प्रदेश

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा




कपिलवस्तु, २२ वैशाख। लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चीनतर्फ प्रस्थान गरेको छ । भ्रमणमा सभामुख तुलाराम घर्ती मगर, उनकी धर्मपत्नी दिल कुमारी रोका, उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र प्रदेश सभा सचिव दुर्लभकुमार पुन रहेका छन्।

चोङकिङ अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका हुन्। चोङकिङ रहँदा प्रतिनिधिमण्डलले चोङकिङ म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सभामुख घर्ती मगरले भ्रमणले चोङकिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबिचको सञ्चार सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको बताए ।

चोङकिङ महानगरको चीनको ठुलो ४ महानगर मध्ये एक हो । एक साता लामो चिन भ्रमणको क्रममा त्यहाँको सांस्कृतिक, ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमण र संसदीय अभ्यास तथा त्यहाँको विकासको मोडलको बारेमा पनि अध्ययन अवलोकन भ्रमण गरिने जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६