प्रदेश

पुनःस्थापना केन्द्रमा खेल सामग्री प्रदान 



कपिलवस्तु, २२ वैशाख । नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुले विभिन्न कार्यक्रम गरि १० औं स्थापना दिवस मनाएको छ । संघले बाणगंगाका विभिन्न दुई वटा संस्थाहरुलाई खेलकुद सामाग्री प्रदान गरि स्थापना दिवस मनाएको हो ।

लागू औषध दुर्व्यसनको कुलतमा फँसेकाहरूका उपचार तथा पुनःस्थापना केन्द्र राजेश स्मृति फाउन्डेसन र फ्रिडम फाउन्डेसनलाई खेल सामाग्री हस्तान्तरण गरिएको नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुका अध्यक्ष पदम प्रताप सेनले बताए । राजेश स्मृति फाउन्डेसनका अध्यक्ष दिनेश सेन र फ्रिडम फाउन्डेसनका अध्यक्ष हेमन्त थापालाई फुटबल, जर्सी, ब्याडमिन्टन, लुडो, चेस, टिटी खेलका सामाग्री लगायत खाद्य सामाग्री गरि ७० हजार बराबरका सामाग्री प्रदान गरिएको अध्यक्ष सेनले बताए ।

अध्यक्ष सेनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यता, कांग्रेस कपिलवस्तुका जिल्ला सदस्यद्वय टेक बहादुर शाही, रबि काफ्ले र महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो ।

खेलकुद संघका पदाधिकारी, नेपाली काङ्ग्रेस जिल्ला तथा नगरका पदाधिकारी लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा युवा नेता प्रविण पौडेलको स्वागत युवा नेता बुद्धि बहादुर रोकाहा (दिनेश) को सञ्चालन रहेको थियो ।

प्रकाशित : २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६