अर्थ-वाणिज्य

पिपरा अस्पताललाई निशुल्क मेसिन र उपकरण हस्तान्तरण



कपिलवस्तु १७ मंसिर ।कपिलवस्तुका सांसद एवम नेपाली कांग्रेसका केन्द्रिय नेता  अत्तहर कमाल मुसलवानको पहलमा बाणगंगा स्थित पिपरा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण भएको छ ।  कतार च्यारिटिको आर्थिक सहयोगमा पिपरा अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।

    अस्पताललाई  यु.एस. जि. मेसिन, हस्पीटल बेड, पेसेन्ट ट्रली, ह्वील  चीयर लगायतका उपकरणहरु  हस्तान्तण गरिएको हो । सो अवसरमा स्वास्थ्य उपकरण प्रदान गर्न लागी पहल गरेको भन्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डांगी कतार च्यारिटिका राष्ट्रीय ब्यवस्थापक ईरसाद सेख लगायतले आआफनो धारणा राख्नु भएको थियो ।

    कार्यक्रममा वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेल , बाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिम बहादुर जिसि, पिपरा अस्पतालका निमित्त मेसु रञ्जीता महत्तो लुम्बिनी एकिकृत बिकास सस्था (लिडो) का कपिलवस्तु संयोजक सुनिता बेल्बासे, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६