लुम्बिनी

लामो विवादपछि गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लाग्यो



गुल्मी १८ मंसिर । लामो  विवादपछि गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको छ ।बुधबार साझ इस्मा गाउँपालिकाका जनप्रतिनिधिहरुको दुई तिहाई  बहुमतले सो गाउँपालिका वडा नम्बर–५ को रातापोखरादेखि वडा नम्बर ३ को  फेदिफाट हुँदा माटाखानी सम्म केन्द्रको टुङ्गो लगाएका हुन् ।गाउँपालिका अध्यक्ष बाहेक कुल २९ मत रहेकोमा २१ मत त्यहाँ केन्द्र राख्ने पक्षमा परेको र ८ मत विपक्षमा परेको थियो ।

सुरुमा जिल्ला स्तरीय सम्यन्त्रले तोकेको चापटारी केन्द्र गाउँबासीबीच विवाद बढेपछि अस्थायी केन्द्र तोक्न समस्या भएको थियो ।बुधबार बसेको गाउँसभाले चापटारी भन्दा डेढ किलो मिटरमाथि र हालको अस्थायी केन्द्र दोबाटादेखि एक किलो मिटर तल रातापोखरामा जनप्रतिनिधिहरुको बहुमतले केन्द्र  तोकेको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिए ।

केन्द्र तोकिएको खुशियालीमा आज इस्मामा सार्वजनिक बिदा दिइएको छ र बिजय  उत्सव मनाइने  अध्यक्ष  बिष्टले बताए ।श्रोतका अनुसार त्यस गाउँपालिकामा नेपाली काँग्रेसको वडा नम्बर १ मा जम्मा ५ मत छन् । त्यस वडाका ५ मत र वडा नम्बर २ का नेकपा बाट विजयी जनप्रतिनिधिका ३ मतसहित ८ मत विपक्षमा परेका हुन् । 

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६