अर्थ-वाणिज्य

फरक क्षमताका ४० प्रतिशत व्यक्ति बेरोजगार



कपिलवस्तु १८ मंसिर कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता :अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ  अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँएको छ । यो नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो । राष्ट्रिय अपांग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले  कोभिड १९ का कारण ४० प्रतिशत फरक क्षमता भएका व्यक्तिहरु बेरोजगार भएको बताउनु भएको छ ।

राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणना गरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न  अध्यक्ष शर्माले सरकारसँग माग गर्नु भएकोक छ । सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।  दिवसको अवसरमा अपांगता भएका व्यक्तिको हक अधिकार सम्बन्धी १ दिने कानुनी अभिमुखीकरण कार्यक्रम विहिवार गजेहडामा  गरिएको छ   ।  

    सामाजिक विकास डिभिजन कार्यालय गजेहडा कपिलबस्तुको सहयोग, अपांग उत्थान समाज कपिलबस्तुको समन्वय र बाणगंगा नगरपालिकाको  आयोजनामा कार्यक्रम  भएको हो । कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले नगरले अपांगता भएका व्यक्तिको गुनासो लाई नगरले सम्बोधन गर्दै अगाडी बढेको बताउनुभयो । उहाँले माग अनुसार अपांगता परिचपत्र वितरण गर्दै आईरहेको बताउदै सहायक सामाग्री नभएका अपांगता व्यक्तिहरुलाई वडा तथा नगरमा सम्पर्क गर्न आग्रह गर्नु भयो । 

    कार्यक्रममा सामााजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख नरेन्द्र बेल्बासेले कार्यालयले फरक क्षमता भएका व्यक्तिहरुलाई विशेष ध्यान पुर्याउने बताउनु भयो ।  नगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगीले नगरले राज्यको मुल प्रवाहिकरणमा आउन नसकेका व्यक्तिहरुलाई क्षमता विकास तालिम सँगै सिप दिइदै लगिएको बताउनु भयो । कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्तले फरक क्षमता भएका जुन सुकै व्यक्तिहरुलाई पनि वडा विशेष ध्यान दिदै उनीहरुको हितमा काम गरेको बताउनु भयो । कार्यक्रममा कपिलबस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, इन्सेक प्रतिनिधी पावर्ती आचार्य, महिला अधिकारकर्मी इन्दीरा भटट्राई , लुम्बिनी प्रदेश संचारिक समुह अध्यक्ष पावती पाण्डे लगाएतले बोल्दै राज्यले अपांगता भएका व्यक्तिहरुको समस्या सम्बोधन गर्न आवश्यक रहको बताउनुभएको थियो ।

     फरक क्षमताभएका व्यक्तिहरुलाई दयाको भावले नभई अवसर प्रदान गर्नुपर्ने औल्याउनुभएको थियो ।  कार्यक्रममा फरक क्षमता भएकी मधु पोखरेलले अपांगता भएका व्यक्तिलाई चाहिने सामग्रीहरु सहज तरिकाले स्थानिय सरकारले उपलब्ध गराउनु पर्ने बताउनु भयो ।   सामाजिक विकास डिभिजन कार्यालय गजेहडाको सहयोगमा विभिन्न व्यक्तिहरुलाई सेतो छडी र बैशाखी समेत वितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय अपांग महासंघका पुर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष देवी वहादुर पोखरेल ले अपांगता भएका व्यक्तिहरुको हक अधिकार , कानुनी प्रावधान लगायतका विषयमा अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

    त्यस्तै नगरका महिला तथा वालवालिका फाँट प्रमुख सुशिला पन्तले अपांगता भएका भएका व्यक्तिहरुको परिचय पत्र र उनीहरुले पाउने सेवा सुविधाका बारेमा अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६