प्रदेश

कञ्चनमा दलित र मुसहरलाई धमाधम घर र जग्गा वितरण



रुपन्देही  २१ मंसिर । रुपन्देहीको कञ्चन गाउँपालिकाले घर जग्गा नभएका दलित र  मुसहर जातिका स्थानीय ५० परिवारको घर निर्माण गरिदिएको छ । गाउँपालिकाका अध्यक्ष गोकर्णवहादुर क्षेत्रीले गाउँपालिकाभित्र बसोबास गर्ने घरजग्गा नभएका दलित र मुसहर परिवारलाई घर निर्माण गरिदिएको बताउनु भयो । उहाँले घर र जग्गा नभएका परिवारलाई एक–एक कट्ठा जग्गा सहित दुई कोठे घर निर्माण गरिदिएको बताउनु भयो ।  
      संघीय सरकार तराई मधेश समृद्धि कार्यक्रम र कञ्चन गाउँपालिकाको संयुक्त लगानीमा घर निर्माण भएका हुन् । अध्यक्ष क्षेत्रीले एक घरका लागि दुई लाख २० रुपियाँ लगानी भएको जानकारी दिनुभयो । संघीय सरकारको एक करोड र कञ्चन गाउँपालिकाको १० लाख रुपियाँ लगानीमा गाउँपालिकाका सबै वडामा गरी ५० घर निर्माण भएका हुन् ।  कञ्चन गाउँपालिका २ का अध्यक्ष जनक थापाले आफ्नो वडामा मात्रै ३० घर निर्माण भएको जानकारी दिनुभयो ।
        गाउँपालिकाकी उपाध्यक्ष गोमा तरामु मगरले निर्वाचनमा जनतासंग गरिएको प्रतिवद्धता अनुसार गाउँपालिकाले ती घर निर्माण गरिदिएको बताउनु भयो । ती घरहरु स्थानीय समुदायलाई हस्तान्तरण भैसकेको छ ।  घर र जग्गा पाएपछि स्थानीय दलित र मुसहर समुदायले खुसी व्यक्त गरेका छन । स्थानीय जानकी मुसहरले कच्ची घर भएकै कारण वर्षामा पानी चुहिने समस्या भोग्दै आएकोमा गाउँपालिकाले दुई कोठे पक्की घर वनाईदिएकोमा खुसी लागेको बताईन ।

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६