अर्थ-वाणिज्य

रुपन्देहीको मर्चवारमा हाटबजार निर्माण गरि स्थानीयलाई हस्तान्तरण



बुटवल २१ मंसिर। रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित नेपाली सेनाले हाटबजार निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधार अन्तर्गत गरुडदल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ मा हाटबजार ट्रष्ट निर्माण गरेको हो ।

हाटबजार एक कार्यक्रममकाबीच मर्चवारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा २२ नम्बर बाहिनीपति सहायकरथी सुदर्शन सिलवालले गाउँपालिकाका अध्यक्ष केशवानन्द वानियाँलाई ट्रष्ट हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै बाहिनीपति सिलवालले जनतासँग गरिने यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने बताए । जनताहरु प्रत्यक्ष लाभाविन्त हुने कार्य सेनाले गर्न पाउनु उत्साहजनक रहेको उनले बताए ।

नेपाली सेनाले मर्चवार क्षेत्र स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रम समेत गरिरहेको सहायक रथी सिलवालले बताए । उनले ट्रष्ट निर्माणमा स्थानीय नागरिक र पालिकाबाट सहयोग पाएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले सेनाले निर्माण गरेको ट्रष्टले हाटबजार सञ्चालनमा ठूलो टेवा पुग्ने बताए ।

 उनले सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिविधिले नागरिक उत्साहित बताएको बताए ।सेनाले सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्तर्गत १० लाख लागतमा ट्रष्ट बनाएको हो । पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेको छ । सो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुने जनाइएको छ । नौवटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट शुरु गर्ने गाउँपालिकाले जनाएको छ ।रातोपाटी

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६