लुम्बिनी

भन्सार छलि गरि ल्याउदै गरेको समान बरामद



 कपिलवस्तु २२ मंसिर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक बाट भन्सार छलि गरि ल्याउदै गरेको समान प्रहरीले बरामद गरिएको छ ।इलाका प्रहरी कृष्णनगर मातहतमा रहेको अस्थायी प्रहरी पोष्ट सुरक्षा जाँच चौकी (लिंक गेट ) इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि।सीको कमाण्डमा खटिएको डिउटी टोलीले उक्त अबैध समान बरामद गरेको हो ।महेन्द्र पार्क नजिक भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अवस्थामा प्रहरी लाई देख्नसाथ मानिस समान छोडी भारत तर्फ भागेको थियो ।

बरामद गरिएको रिमोट द्वारा चल्ने खेलौना र अन्य समानहरु रहेको प्रहरीले जनाएको छ ।आवश्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइने साथै उक्त समानको अनुमानित उन्साठी हजार एक सय पचास पर्ने इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।आफूहरु अवैध क्रियाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगायत सरोकारवाला सँग निरन्तर छलफल गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले बताएका छन् ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६