अर्थ-वाणिज्य

लुम्विनीका लागि १ अर्ब २० करोड बजेट स्वीकृत



लुम्बिनी  २२मंसिर । लुम्बिनी विकास कोषको परिषद बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ । बैठकले आन्तरिकतर्फ २० करोड १८ लाख र संघीय सरकारको एक अर्ब रुपैयाँको बजेट पारित गरेको हो । त्यस्तै बैठकले आन्तरिक व्यवस्थापन कार्यविधि स्वीकृत गर्नुका साथै ग्लोबल बुद्धिष्ट फोरम गठन गर्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।त्यस्तै परिषद बैठकले लुम्बिनी बृहत्तर क्षेत्र विकास कार्यक्रमको कार्यविधि पनि स्वीकृत गरेको छ ।

    लुम्बिनी विकास कोषको परिषद बैठक प्रत्येक ६–६ महिनामा बस्ने प्रावधान भएपनि गत फागुन यता बल्ल बैठक बसेको हो । बैठकलाई संबोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनको आधारमा विकास गरिने उनको भनाइ छ ।

    नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६