अर्थ-वाणिज्य

मुख्यमन्त्री पोखरेलले गरे गलत हल्ला चलाउने शक्तिको किटान



गुल्मी २३ मंसिर । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले देशमा कम्युनिष्ट पार्टी (नेकपा)को सरकार आइसकेपछि विकास निर्माणका कामले फड्को मारेको दाबी गर्नुभएको छ । रुरु धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलान्यास गर्दै मन्त्री पोखरेलले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाउनुभयो ।

    सरकारले गरेका राम्रा कामलाई उल्लेख पनि गर्न नचाहने केही शक्ति लागेका भन्दै तथ्यमा आधारित भएर बोल्नसमेत उहाले आग्रह गर्नुभएको छ । प्रदेश सरकार प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउन लागिपरेको भन्दै प्रदेशले विभिन्न योजना बनाएको उहाले बताउनुभयो । प्रदेश सरकारले व्यावसायिक रुपमा उद्यम गर्नेहरुका लागि ब्याजमा अनुदान दिने योजना ल्याएको बताउनुभयो । त्यसका लागि दीर्घकालीन रुपमा व्यवसाय गर्न पनि प्रदेशका नागरिकहरुलाई उहाले आग्रह गर्नुभएको हो ।

    यस्तै लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन  वन तथा वातावरण मन्त्री लीला गिरीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार साथमै रहेको बताउनुभयो । केन्द्र सरकार र प्रदेश सरकारको समपूरक कोषमार्फत २०७६÷७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भूतथा जलाधार व्यवस्थापन कार्यालय पाल्पा र  सगुन शर्मा जेभी बुटवलबीच सम्झौता भएको हो । २०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मंसिर १० गतेभित्रै कार्य सम्पन्न गर्नुपर्नेछ

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६