अर्थ-वाणिज्य

भैसी विकास श्रोत केन्द्र खुल्यो , बिजयनगर समृद्धी यात्रामा बिजय उन्मुख :मन्त्री पौडेल



 कपिलवस्तु २४ मंसिर ।लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कपिलवस्तुको बिजयनगर गाउपालिका आर्थिक समृद्धीको विजययात्रामा उन्मुख भएको वताउनु भएको छ । उहाले बिजयनगर गाउँपालिकाको डालपुर र नौरङ्गिया नमूनाको रुपमा प्रदेशमा चित्रण हुने बताउनु भएको हो । भैसी विकास स्रोत केन्द्रको शुभारम्भ गर्न कपिलवस्तुको बिजयनगर आउनुभएकी मन्त्री पौडेलले अब बिजयनगर बासीले भैँसी पालनबाट राम्रो आम्दानी गर्न सक्ने बताउनुभयो ।

प्रदेश सरकार अहिले किसान खोज्दै गाउँ गाउँ पुगेको बताउँदै विकट क्षेत्रका नागरिकहरु अब व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । नेपालीहरुको जागिरे मानसिकता त्यागेर उद्यमी बन्ने सोच राखेर मालिक बन्नुपर्ने जनाउनुभयो ।किसानले उत्पादन गरेका सामाग्रीको मुल्य अहिले सम्म व्यापारीले तोक्ने गरेकोले अब प्रत्येक तहमा सहकारी स्थापना गरी सहकारी मार्फत किनबेच गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिरेन्द्र कनौडियाले बिजयनगर गाउँपालिकाका नागरिकहरुको लागि अवसर प्राप्त भएको बताउनुभयो ।

    गाउँपालिकाका ८० प्रतिशत भन्दा बढी नागरिकहरुको कृषि पेशा गर्ने भएपनि आकाशे पानीको भरपर्ने बाध्यता रहेको बताउनुभयो । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बिजयनगरको डालपुर र नौरङ्गियाका नागरिकहरुले भैसी पालन गरेर उत्पादन गरेको दुध देशको सबै ठाउँमा पु¥याउनुपर्ने बताउनुभयो । प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले भैसी विकास स्रोत कार्यक्रमले स्थानिय नागरिकहरुलाई स्वरोजगार बनाउने बताउनुभयो । सुरुको चरणमा ६० घरपरिवारमा ५ वटा समुह निर्माण गरी ५ सय भैसी पालनको योजना रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीवरण पौडेलले बताउनुभयो ।

    यो चरणमा नश्ल सुधार,गोठ सुधार,पशु आहारा लगाएतका काम हुनेछन् । रु ३ करोड ८ लाखको लागतको उक्त कार्यक्रममा २० प्रतिशत विजयनगर गाउँपालिका,३० प्रतिशत स्थानिय नागरिक र ५० प्रतिशत तथा १ करोड ५४ लाख प्रदेश सरकारको लगानी रहने छ ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६