कपिलवस्तु २५ मंसिर ।लैगिंक हिंसाबाट प्रभावित भएका महिलाहरुले हिंसा सम्वन्धी मुद्धा नजिक बाट नियाल्न प्रमुख जिल्ला अधिकारी सँग गुनासो गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा हिंसा प्रभावित र अधिकारकर्मीहरुले धेरै हिन्साका घटना जनप्रतिनिधी र राजनैतिककर्मीले प्रभावित प्रति दवाव दिई मिलाउने गरेको बताए । कपिलवस्तुमा लैगिंक हिन्साका घटना समेत बढ्दै गएकोमा अधिकारकर्मीले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा उठेका सवालको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले सबै प्रकारका हिंसा न्युनीकरणका लागि प्रशासनले उचित भुमिका खेल्दै आएको बताउँनु भयो । हिन्सा प्रभावितको पक्षमा जित हुने गरि मात्र मुद्धाको सुनुवाई गरिने पौडेलले बताउँनु भयो । कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस विष्णु सुवेदीले न्यायमा पहुँच नहुँदा न्यायमा ढिलाई भएको बताउँनु भयो ।
हिंसा प्रभावितहरुमा आर्थिक, सामाजिक, भौगोलिक, सुचना, परामर्षदाताको पहुँच नहुँदा न्याय पाउन समय लाग्ने सुवेदीले बताउँनु भयो । कार्यक्रममा जिल्ला न्याधिवक्ता रत्न प्रकास गिरी, प्रहरी उपरीक्षक नवराज अधिकारी , सहायक प्रमुख जिल्ला अधिकारी गणेश वहादुर नेपाली , शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले उठेका सवालका जवाफ दिएका थिए । कार्यक्रममा अधिवक्ता शैलेन्द्र आम्डेकरले कार्यपत्र प्रस्तुत र बसन्त बन्जाडेको संचालनमा, जिल्ला प्रशासन कार्यालयको आयोजना र माहुरीको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
२५ मंसिर २०७७, बिहिबार
प्रतिक्रिया