पाल्पा, २६ मंसिर । पाल्पामा एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली रहेका छन् ।मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२६ मंसिर २०७७, शुक्रबार
प्रतिक्रिया