लुम्बिनी

सियारी गाउँपालिकाले नयाँ भवनबाट कार्यसम्पादन गर्ने



रुपन्देही २७ मंसिर  । रुपन्देहीको सियारी गाउँपालिकाले नयाँ भवनबाट कार्यसम्पादन गर्ने भएको छ । वडा नं. ३ को हर्नैयामा आफ्नै भवन निर्माण सम्पन्न गरी सेवाग्रहीलाई आईतबार देखि नयाँ भवनबाट सेवा दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सविक हर्नैया गा.वि.स, विद्यालय र स्वास्थ्य चौकीको भवन प्रयोगगरी हालसम्म सेवा दिइरहेको थियो ।गाउँपालिकाको भवन पुरानो, सानो र एकै ठाउँ गाउँपालिकाको शाखा नरहेकाले सेवाग्राहीलाई सेवा दिन गाह्रो भैरहेको छ ।

नयाँ भवनबाट सेवा दिन थाले पछि सेवाग्राहीलाई सेवा दिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । गाउँपालिकामा विकास निर्माणका कार्य तिब्र गतिमा भैरहेकोले समृद्ध गाउँपालिका बन्नेमा ढुक्क हुन उनले सबैलाई आग्रह गरे । चुनावमा गरेको प्रतिवद्धता अनुसार जनप्रतिनिधीहरुले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् । राम्रो काममा सबैको सहयोग हुनु पर्ने अमृताको भनाई छ ।

पाँच करोड ८५ लाख ८६ हजार तीन सय छ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताए । भवनको वैदिक परम्परा अनुसार पुजा गरि प्रवेश गरिएको छ । पुजा सम्पन्न गरिए पछि आईतवार देखि गाउँपालिकाको सेवा नयाँ भवनबाट दिईने छ । गाउँपालिका भवनको पर्खाल निर्माण गरिसकेपछि एक कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : २७ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६