प्रदेश

चिसोका कारण तराईका धेरैजसो ठाउँमा कुहिरो लाग्न सुरु



काठमाण्डौ २८ मंसिर । अहिले  तराईका धेरैजसो ठाउँमा कुहिरो लागेको छ ।चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि तराईमा राम्रोसँग घाम लाग्ने सम्भावना छैन ।दिउँसोतिर केही ठाउँमा कुहिरो हटे पनि केही ठाउँमा भने रहने मौसमविद् पोख्रेलले बताउनुभयो । यस्तै दिउँसो प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बद्लीको सम्भावना छ ।

प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तराईमा कुहिरो तथा  अरु केही ठाउँमा आंशिक बद्ली कारण बिहानीपख भिजिबिलिटी कम भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा आज एकैदिन झण्डै ४ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ ।उपत्यकामा हिजो न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएकोमा आज ५ डिग्री सेल्सियसमा झरेको छ ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६