लुम्बिनी

दाङको पत्रेखोलाको पुल निर्माणको काम पुनः शुरु



दाङ ३० मंसिर । दाङको पत्रेखोलाको पुल निर्माणको काम पुनः शुरु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने पत्रेखोला पुलको पुनः डिजाइन स्वीकृत भएर आएपछि निर्माण शुरु भएको हो । पुलको सुपरस्ट्रक्चर डिजाइन  स्वीकृत भएर आएपछि अहिले पुल ढलानको काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर अमिर सुवेदीले बताउनुभयो । यसअघि सोही खोलामा दुईवटा पिलर मात्रै निर्माण गरिएको थियो । विसं २०७३ मा पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भएपछि पुल निमार्णको काम रोकिएको थियो ।

यही पुसमा काम सक्नुपर्ने भए पनि कोरोनाका कारणले काम शुरु हुन नसकेकाले छ महिनाका लागि पुनः म्याद थप गरिएको छ ।दुई वर्षभित्र पुल निमार्णको काम सक्ने गरी विसं २०७१ असोज ११ गते निमार्ण कम्पनी शङ्करमाली निमार्ण सेवाले ठेक्का सम्झौता पाएको भए पनि पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन । अहिले पनि पुनः शङ्करमालीले नै निर्माणको जिम्मा पाएको छ । सोही पुल निर्माणका लागि रु साढे चार करोड बजेट रहेको उहाँको भनाइ छ । पुल निर्माण नहुँदा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । बर्खामा बाढी आएमा आवतजावत नै ठप्प हुने गर्छ । 

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६