पर्यटन

साहसिक खेलका रुपमा परिचित जीप लाईन रुपन्देहीमा शुरु



बुटवल २ पुष । पर्यटकिय र साहसिक खेलका रुपमा परिचित जीप लाईन रुपन्देहीमा शुरु भएको छ । बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरि बुटवलको हिलपार्कमा जीप लाईन संचालनमा ल्याईएको हो ।रुपन्देहीमा फुटबलमा लामो समयदेखि योगदान दिएका खेलप्रेमी हरि प्रसाद श्रेष्ठले यो खेल बुटवलमा भित्राउनुभएको हो ।लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहको हिलपार्क र उत्तरको अर्को डाडालाई जोड्ने गरि जीप लाईन तयार गरिएको छ । स्थानिय लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहसंग सहकार्य गरि बाईल्ड बल्डर्स नेपाल प्रालिले साहसिक खेल संचालनमा ल्याएको हो ।आफनै ठाउमा खेल भित्राउन सामुदायिक वनसंग सहकार्य गरि साहसिक खेलका अनुभवी ब्यक्तित्व काठमाण्डौका राजकुमार श्रेष्ठको सहकार्यमा भित्राउनुभएको हो ।

रुपन्देहीमा संचालनमा ल्याएको राजकुमार श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिमलाल भण्डारी छनरहनु भएको छ । हिलपार्क जीप लाईन परियोजनामा करीब डेढ करोडको गुरुयोजना अनुसार काम भैरहेको उहाँले बताउनुभयो । पहिलो चरणमा जिम लाईनको पूर्वाधार तयार भएको छ । दुबै डाडामा रुखलाई नै आर्कषक ढंगले मचाङ बनाईएको छ ।जीपलाईनमा झुण्डिएर पर्यटकले बुटवल शहरको सुन्दर दुश्यालोकन गर्छन । ‘लक्ष्मीनगर र हिलपार्कमा चिल्डेन पार्क बनाउने, चमेना गृह निमार्णको समेत तयारी छ ।’– उहाँले भन्नुभयो । दुईतर्फी जिम लाईन संचालन भएको नेपालको बुटवलमा मात्र भएको उहाँले दाबी गर्नु भयो । एकतफी ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरि दुईतर्फी १ हजार ४ सय मिटर दुरीको यो सम्भवत नेपालकै सबैभन्दा लामो जिम लाईन समेत भएको उहाँले बताउनुभयो ।

वाईल्ड बन्डर्स नेपाल प्रालिका संचालक राजकुमार श्रेष्ठले खेलसंगै वन संरक्षण र आयआर्जनको राम्रो विकल्प भएको बताउनुभयो । वाईल्ड बल्डर्सले चितवन, गोदावरीमा संचालनमा ल्याएको छ । वनलाई नबिगारी साहसिक खेल भित्राउने काम गरिएको वन उपभोक्ता समुहका अध्यक्ष याम बहादुर थापाले बताउनुभयो ।‘प्राकृतिकमैत्री रुपमा पूर्वाधार बनाईएको हो ।’– उहाँले भन्नुभयो । नेपालमा चितवन, काठमाण्डौबाहिर पोखरा, धुलिखेलमा समेत यो संचालनमा छ । सस्तो मुल्यमा साहसिक खेलको अनुभव लिन सकिने ब्यवस्था गरिएको उहाँले बताउनुभयो । पर्यटकलाई अहिले उद्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयामा तोकिएको उहाँले बताउनुभयो । जीप लाईन शुरुभएसंगै ५ जनाले रोजगार पाएका छन । गुरुयोजना अनुसार पुर्वाधार पुरा भए दुई दर्जन बढीले रोजगार पाउने छन ।पर्यटकहरु तारमा झुडिएर एउटा डाडाबाट अर्को डाडासम्म जान सकिन्छ । यो विशेष प्रकारको तार हो ।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६