अर्थ-वाणिज्य

अन्नपूर्ण सुगर मिलले बक्यौता रकम भुक्तानी गर्न सुरु , दैनिक एक करोड रुपैयाँ भुक्तानी गर्ने



  काठमाण्डौ ५ पुस । रौतहटमा रहेको अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । यस मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोड रुपैयाँका दरले रकम भुक्तानी गर्ने जनाएको हो ।

मिलले दैनिक एक करोड रुपैयाँका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वर्ष किसानलाई अठार करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार यस मिलले भुक्तानी गर्नुपर्ने रकम सत्र करोड रुपैयाँ छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीमा रहेको इन्दिरा सुगर मिलले चार करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

सबैभन्दा धेरै बक्यौता रकम रहेको श्रीराम सुगर मिलले गएको शुक्रबारदेखि भुक्तानी सुरु गरेको छ । यस मिलले सोमबारसम्म बक्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ । मन्त्रालयमा गरेको सहमति अनुसार यस मिलले शुक्रबार छ हजार किसानलाई १६ करोड ४४ लाख ७० हजार रुपैयाँ ​ बक्यौता रकम भुक्तानी गरेको बताएको छ ।

गएको वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गएको आइतबारदेखि उखु किसानले काठमाण्डौ आन्दोलन गर्दै आएका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ, अन्नपूर्ण सुगर मिलको १७ करोड रुपैयाँ र श्रीराम सुगर मिलको ३५ करोड गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ ।दुई मिलले बक्यौता रकम भुक्तानी गर्न सुरु गरे पनि अन्य मिलले भुक्तानी सुरु गरेका छैनन् ।

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६