प्रदेश

राष्ट्रपति भण्डारीद्धारा संसद् विघटन ,वैशाख १७ र २७ गते चुनाव



काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेको जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१)र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यताबमोजिम संसद् विघटन स्वीकृत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न देशको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली नागरिक समक्ष जान मिति २०७८ वैशाख १७ र २७ गते चुनावको मिति तोकिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ । 

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६