प्रदेश

संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यता :मुख्यमन्त्री पोखरेल



बुटवल ५ पुस नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको विकल्प बाध्यात्मक रहेको बताउनु भएकोछ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सरकारमा र पार्टीमा काम गर्न नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने कदम चालिएको पोखरेलको भनाइ छ ।

    प्रतिनिधिसभा विघटन गरेपछि सामाजिक सञ्जालमार्फत आइतबार साँझ प्रतिक्रिया जनाएका ओली निकट नेता पोखरेलले लख्नु भएको छ , ’पार्टी एकताको मर्म विपरीतको समिकरण, पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कदमका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको हो ।’

    अहिलेको संसदीय समीकरणमा प्रधानमन्त्रीलाई काम गर्न असहज भएको उल्लेख गर्दै पोखरेलले अगाडि लेख्नु भएको छ, ’पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वाभाविक मानिन्छ । चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरूलाई फाइदा पु¥याउन सक्छ । गम्भीर र जिम्मेवार बनौं ।’

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६