काठमाण्डौ ६ पुष । तराईका जिल्लामा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ । तर, यो बसस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।उहाँका अनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना नभएको उहाँको भनाइ छ । तर हुस्सु र कुहिरोका कारण चिसो भने बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद् कँडेलको सुझाव छ ।पश्चिमी वायुको प्रभावका कारण पश्चिमका केही क्षेत्रको मौसम आज बद्ली हुने अनुमान छ ।
यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकामा अहिले हुस्सु लागे पनि बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।काठमाण्डौको न्यूनतम तापक्रम आज ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।
प्रतिक्रिया