तुलसीपुर ६ पुष । दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो । शनिबार दिउसो दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा उनि खसेका थिए ।
६ पुस २०७७, सोमबार
प्रतिक्रिया