ब्रेकिंग न्युज

प्रतिनिधी सभा विघटन विरुद्ध चन्द्रौटामा प्रदर्शन,कांग्रेस नेताद्वारा विघटनको स्वागत



कपिलवस्तु ६ पुस । प्रधानमन्त्री केपी ओली बिरुद्ध कपिलवस्तुको चन्द्रौटामा बिरोध प्रर्दशन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गिय संगठनको आयोजनामा रहेको प्रर्दशनमा प्रधानमन्त्रीले जनताको मतको कदर नगरेको भन्दै प्रधानमन्त्री बिरुद्ध लेखिएका विभिन्न प्लेकार्ड लिएर नारा लगाएका थिए । चन्द्रौटा चोकमा भएको कोणसभालाई सम्बोधन बोल्ने वक्ताहरुले प्रधानमन्त्री ओलीले प्रतिगामी निरङकुश कदम चालेको बताएका छन ।

    कोणसभालाई सम्बोधन गर्दै महिलन नेतृ सन्तोषि पाण्डेले जनताले दिएको मतको दुरुपयोग गरि संसद बिघटन गर्नु दुर्भाग्य रहेको बताउनुभयो । प्रधानमन्त्रीले चालेको कदम संविधान बिपरित रहेकोले तुरुन्त सच्याउन आम जनताको माग रहेको बताउनुभयो ।ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष गंगन बिकले देशमा भइरहेको अराजकतालाई हटाउन छोडेर जनतालाई सडकमा आउने वाध्यता बनाउन प्रयास गरेको बताउनुभयो ।

    जनताले स्पष्ट बहुमत दिएर काम गर्ने बेलामा सविद्यान बिपरित काम गर्ने अधिकार प्रधान्मनत्रीलाई नभएको भन्दै गलत कामलाई सच्चयाएर मिलर जान आग्रह गर्नुभयो ।  भुमि अधिकार मंच जिल्ला सल्लाहाकार लालु नेपाली नागरिकहरुका समस्या बुझेर काम गर्ने समयमा आफैमा लडेर देशलाई अस्थीरता तर्फ धकेल्न नहुने बताउनुभयो ।सुकुम्बासीहरु समस्याहरुलाई सम्बोधन गर्ने समयमा राजनितिक बाहाना बनाउन  लागि परेकोले होसियार रहन आग्रह गर्नुभयो । बिरोध प्रर्दशनमा नेकपाका प्रदेश कमिटि सदस्य बालकराम बुढा,अब्दुल रउफ,नेकपाका शिवराज नगर अध्यक्ष दिनेश पुन,पुर्व क्षेत्रीय अध्यक्ष ओम प्रकाश कुर्मी लगाएतको सहभागिता रहेको थियो ।

    यता नेपाली कांग्रेशका केन्द्रिय सुबेच्छुक संघसस्था बिभागका सदस्य डोलकराम घिमिरेले सरकारले प्रतिनिधिसभा विघटनको गरि चुनाब घोषणा गरेको निर्णय स्वागत योग्य रहेको बताउनुभएको छ । सोमबार एक बिज्ञप्ती मार्फत घिमिरेले अब चुनावको महोलमा सबैलाई खट्न आह्वना समेत गर्नुभएको छ । 

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६