प्रदेश

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’



बुटवल १० पुष । ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई मङ्सिर १६ देखि शुरु गरिएको ट्राफिक भर्चुअल कक्षामा तीन हजार ६८९ विद्यार्थीले ट्राफिक सचेतना कक्षा लिएको बताउनुहुन्छ ।

“महाशाखामा सचेतना कक्षा सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढ्ने खतरा भएकाले भर्चुअलमार्फत सचेतना कक्षा सञ्चालन गरेका हौँ”, उहाँ भन्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनका लागि कक्षा लिँदै आएको छ । 

यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो । हाल उपत्यकाका २५ स्थानमा लाइटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । हालको प्रतिकूल अवस्थामा प्रविधिको प्रयोगमार्फत सचेतना कक्षा सञ्चालन बढी लाभदायक हुने र यसले आम चालकमा अनलाइन सचेतना कक्षा लिने बानीको विकास हुने महाशाखाको भनाइ छ ।ट्राफिक प्रहरीले हाल मध्याह्न १२ देखि १ः०० बजेसम्म, दिउँसो १ः३० देखि २ः३० सम्म र ३ः०० देखि ४ः०० बजेसम्म तीन कक्षा सञ्चालन गर्दै आएको छ । भर्चुअल कक्षा लिनका लागि विद्यार्थी तोकिएको समयभन्दा १० मिनेट अगाडि नै महाशाखाको आइडीमा जोडिनुपर्नेछ ।

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६