अर्थ-वाणिज्य

तोकिए कै मितिमा चुनाब गराउन तयार : धानुक



कपिलवस्तु ११ पुस । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुकले सरकारले तोकेको मिति चुनाव सम्पन्न गराउन तयार रहेको बताउनु भएको छ । शनिवार कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको मन्दिर उद्घाटन गर्दै उहाँले बैसाखमा हुने भनिएको चुनाव शान्ती पुर्ण रुपले सम्पन्न गर्नका लागी लुम्बिनी प्रदेश प्रहरी सकृयताका साथ लाग्ने बताउनु भयो । 

    प्रहरीले प्रदेशका १२ जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, चुरे दोहन रोक्न र राजस्व छली रोक्नका लागि शुन्य सहनशिल भई काम गरेको बताउनु भयो । उहाले प्रहरीलाई पारदर्शी भई कानुनका कठोर भई सरल व्यवहारका साथ कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भयो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले कपिलवस्तुमा नेपाल प्रहरीले हालै सम्मको उत्कृष्ठ काम गरेको बताउनु भयो । कोभिड सँग लड्दै प्रहरीले राजस्व संकलन , फरार अपराधी पक्राउ, सचेतना मुलक अभियान, लागु औषध नियन्त्रणमा विगतको भन्दा सफलता भएको बताउनु भयो । 

     कार्यक्रममा संघिय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शुशिल कुमार यादव, नारायण दल गणका गणपती प्रमुख सेनानी तुरेन्द्र आङ्दाहाम्फे, सशस्त्र प्रहरी बल २८ नं गणका गणपती धुव्र बहादुर कार्की, इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगर लगायतले शान्ति पुर्वक तवरले निर्बाचन सम्पन्न गराउन तयार रहेको बताउनु भएको थियो ।

 

प्रकाशित : ११ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६