अर्थ-वाणिज्य

दश बर्षमा सात किलोमिटर नहर



देउखुरी, १४ पुष । बड्कापथ सिंचाई आयोजना अन्त्रगर्त दाङमा १० बर्षमा सात किलोमिटर नहर मात्रै सम्पन्न भएको छ । २०६६\०६७ मा शुरु भएको योजना आर्थिक बर्ष २०६९\०७० मा सक्ने लक्ष्य लिएको भएपनि उक्त अवधिमा योजना सम्पन्न् हुन नसकेपछी गूरुयोजना शंशोधन गरी आर्थिक बर्ष २०८० \८१ सम्म पु¥याइएको छ । दाङको राप्तीको दक्षिणी क्षेत्रमा सिंचाई सुविधा पु¥याउने योजनाका साथ शुरु भएको नहरले हालसम्म सिंचाइ गर्ने अवस्थामा सम्म पुगेको छैन । राप्ती नदीको बाँध भालुवाङ क्षेत्रबाट शुरु भएर गढवा गाउँपालीको मानपुर सम्म ३३ किलोमिटर नहर बनाउने योजना गर्न तीन अरब ७४ करोड लाग्ने अनुमान गरिएको छ । 

एक अरब ११ करोड रकम खर्च भइसकेको बड्कापथ कुलो सिंचाइ योजना मुआब्जा विवादका कारण लामो समय सम्म काम हुन सकेन । आयोजना प्रमुख बद्री कार्कीले नहरलाई मुआब्जा समस्या, समयमै रकम प्राप्त नहुँदा र अन्तर निकाय बिचको सहकार्यको कमीका कारण योजना ढिलाई भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, यस बर्ष २५ करोड बजेट छ, अघिल्ला बर्षको तुलनमा यस बर्ष बजेटको सिलिङ बढेको छ,मुहान क्षेत्र भएकाले पनि समय  लागेको हो । 

राप्ती देखी दक्षिण क्षेत्रको चारहजार हेक्टर जमिन सिंचित हुने लक्ष्य राखेको बड्कापथ कुलो सिंचाइ योजना निर्माण कार्य शुरु भएपछी अहिले ९० हेक्टर जग्गा उकासिएको छ । प्रगन्ना तथा बडकापथ सिंचाई आयोजनाका अनुसार दाङ बाहेक अर्घाखाँचीमा समेत नयाँ प्रबृधिमा आधारित सिंचाई गर्ने गरी सर्भे शुरु भएको छ । आयोजना प्रमुख कार्कीले अर्घाखाँचीको शितगंगा नगरपालिकाको शातमारा, लाहापे क्षेत्रको झन्डै २० हेक्टर जमिनलाई नहरमै बग्ने पानीमा बिधुत उत्पादन गरी लिफ्टबाट सिचाई गर्ने योजना रहेको जानकारी दिनुभयो ।  

सात किलोमिटर नहर निर्माण भइसकेको र थप सात पकलोमिटर नहर निर्माणको लागि डेन्डर आहन समेत भइसकेकोले निर्माणको काम छिटो सम्पन्न हुनेमा उपभोक्ता आसावादी छन् । बड्कापथ कुलो सिँचाई उपभोक्ता समितिका अध्यक्ष रघुनन्दन चौधरीले सिंचाई योजना सम्पन्न गर्नको लागि उपभोक्ताबाट अवरोध नहुने बताउनुभयो । उहाँले भन्नुभयो, विगतका दिनमा मुआव्जा लगायतको विवादले रोकिएपनी अहिले कुनै कारणले काम रोकिनुहुन्न हामी छिटो सिंचाइ गर्न आतर छौ,उहाँले भन्नुभयो । 

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६