प्रदेश

बालिकाको हत्या गर्ने युवक पक्राउ,बलात्कारपछि हत्याको आशंका



कपिलवस्तु १६ पुस  ।  कपिलवस्तुमा १६ बर्षिय बालिकको हत्यामा संलग्न एक युवा पक्राउ परेका छन् । कपिलवस्तुको शिवराजकी १६ बर्षिय बालिकाको बलात्कार पछि हत्या भएको आशंका गरिएका बखत प्रहरीले उनलाई पक्राउ गरेको हो ।  शिवराज नं.पा.४ बनकट्टी वस्ने वर्ष २० का अल्ताफ मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । सोधपुछ गर्दा निजले बालिकाको हत्या आफुले नै गरेको भनि स्विकार समेत गरेकोले निजलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी  आवस्यक अनुसन्धान जारी राखेको कपिलवस्तुका प्रहरी उपरीक्षक  नवराज अधिकारीले जानकारी दिनु भयो ।  

   घटना अनुसार पुस १३ गते धारामा पानी लिन गएकी  शिवराज नं.पा.३ करमादी वस्ने १६ वर्षिय छोरी दिपा रोकाको मृत शव स्थानीय खोलामा फेला परेको थियो ।  हराई बेपत्ता भएको भन्दै स्थानीय वडा प्रहरी कार्यालय चन्द्रौटामा पुस १३मा  हुलिया सहितको निवेदन परेको थियो । ततपश्चात  खोजतलास भई रहेकोमा ती बालिकाको मृत शव स्थानीय  खोलामा फेला परेको थियो । सोही विषयमा  वडा प्रहरी कार्यालय चन्द्रौटा र माथिल्लो प्रहरी निकायवाट घटनासंग सम्वन्धीत चिजवस्तुहरुको प्राविधिक अध्ययन एवम परिक्षणवाट  हत्यामा मुसलमानको हात रहेको पुष्टि भएको हो । मृतक वाालिकाको नजिकमा रहेका मोवाइल र पर्स जस्ता बस्तुवाट हत्यारा पत्ता लागेको प्रहरीको भनाइछ । बलात्कार भए नभएको अनुसन्धानकै क्रममा रहेको वताइएकोछ । 

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६