पर्यटन

पाल्पाली ढाका अहिले ओझेल पर्दै



 पाल्पा १७ पुष । ढाका टोपी भन्नेबित्तिकै धेरैलाई पाल्पाको सम्झना आउँछ । २०१५ सालमा नेपालमै पहिलो पटक तानसेनबाट सुरु भएको पाल्पाली ढाका अहिले ओझेल पर्दैछ । कामदारको अभाव, कच्चा पदार्थ पाउन मुस्किललगायतका कारण पनि ढाका सङ्कटमा परेको हो ।  स्वर्गीय गणेशमान महर्जनले पाल्पाली ढाकाको व्यवसाय सुरु गर्नुभएको थियो । पाँच सयभन्दा बढी कामदारलाई रोजगारी दिएर ढाकाको उद्योग चलाएको सम्झने स्वर्गीय गणेशमानकी श्रीमती ८२ वर्षीया पूर्णमाया महर्जनले अहिले पाल्पालीको नाउँमा केही व्यापारीहरुले गोरखपुरलगायत पूर्वेली ढाका ल्याएर सस्तोमा बेच्दा पनि समस्या भएको बताउनुभयो ।

पहिले ढाका टोपी र चोली मात्रै चलनमा थियो । केही वर्ष अघिदेखि खस्किँदो ढाकालाई उकास्न ढाकाको उत्पादनलाई विविधीकरण गरियो । ढाकाकै पर्स, झोला, टाइलगायत विभिन्न सामग्री बन्न थाले । धेरैले रोजगारी पनि पाए ।ढाका व्यापारी हरि रायमाझीका अनुसार अहिले पनि तानसेनबाटै वार्षिक चार करोडभन्दा बढीको कारोबार ढाका व्यवसायबाटै हुन्छ । तर पाल्पालीभन्दा बाहिरबाटै ल्याएका ढाका यहाँबाट बेचिएका छन् । पाल्पा चिनाउने ढाका अहिले सङ्कटमा रहेकोमा निकै चिन्ता लागेको पूर्णमायाले बताउनुभयो । 

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६