दाङ १८ पुस ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी देउखुरीमा अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउने गरी कामको थालनी भएको बताउन भएको छ । घोराहीमा भएको कार्यक्रममा मन्त्री पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीलाई अहिले भएका राजधानी भन्दा विशिष्ट खालको अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि चीन सरकारसँग सहकार्य भएको पनि जानकारी दिनुभयो ।
प्रदेशको राजधानीको लागि आवश्यक पर्ने भौतिक निर्माणका लागि चीन सहितका अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग छलफल भइरहेको र कोभिडको असर कम हुनासाथ देउखुरीमै आएर भौतिक निर्माणको काम शुरु गर्ने बताएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । प्रधानमन्त्रि केपीशर्मा ओलीको कुटनितिका कारण चीन र भारत दुवै देशले अहिले नेपालको रेल पूर्वाधार निर्माणमा प्रतिस्पर्धा गरिरहेको मुख्यमन्त्री पोखरेलको दाबी छ ।
प्रतिक्रिया