जीवनशैली

प्रचण्ड -नेपाल समुहको दोश्रो चरणको आन्दोलन कस्तो छ संघर्षको मोडल ?



काठमाडौं, १९ पुस । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनमा उत्रिएको नेकपा (प्रचण्ड–नेपाल) समूहले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्मका लागि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले वडा तहमा जुलुसदेखि ठुला शहरमा प्रदर्शन र विरोध सभासम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

    पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने जानकारी दिए । आन्दोलन कार्यक्रममा पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन गर्ने, पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया गर्ने छ ।

    यसैगरी २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने, २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने छन् ।

आन्दोलनका कार्यक्रम:

१. २०७७ पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।

२. २०७७ पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन ।

३. २०७७ पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तर्क्रिया कार्यक्रम ।

४. २०७७ पुस २३ गते नागरिक समाजसँग व्यापक अन्तर्क्रिया कार्यक्रम ।

५. २०७७ पुस २४ गते सबै जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र । विरोधपत्रका साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।

६. २०७७ पुस २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम ।

७. २०७७ पुस २७ गते ९सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १०, २८ गते ९प्रदेश२, गण्डकी र कर्णालीमा० र पौष २९ गते बागमतीमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम ।

८. २०७७ पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझन्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडाहरूमा ब्यानर राख्ने कार्यक्रम ।

९. २०७७ पुस २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला ।

१०. २०७७ पुस ३० गते देशव्यापी सबै वडाहरूमा विरोध प्रदर्शन र सभा ।

११. २०७७ माघ ५ गते सबै पालिकाहरूमा विरोध प्रदर्शन र सभा ।

१२. २०७७ माघ १० गते राजधानीलगायत सबै सहरी केन्द्रहरूमा मोटरसाइकल र्‍याली ।

१३. २०७७ माघ १६ गते पाँचवटा प्रदेश ९प्रदेश नं। १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा० मा विरोध प्रदर्शन र सभा । माघ १७ गते प्रदेश २ मा विरोध प्रदर्शन र सभा ।

१४. २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस ।

१५. २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा ।

१६. यस बीचमा उद्योग व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम र लेखक–कलाकारहरू, सांस्कृतिककर्मीहरू र बुद्धिजीवीहरूको विशिष्ट प्रकारको कार्यक्रम आयोजना गरिने ।

१७. यसबीचमा दोस्रो चरणको कार्यक्रमको सुरुदेखि नै स्थानीय पार्टी र जनवर्गीय संगठनले सिर्जनात्मक रूपमा कार्यक्रमलाई निरन्तरता दिने .

प्रकाशित : १९ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६