प्रदेश

कपिलवस्तु कांग्रेसद्वारा ३ तहमा संघर्षको घोषणा



कपिलवस्तु  २१ पुस। प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम बिरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले बिरोध कार्यक्रम र आन्दोलनको घोषणा गरेको छ । पार्टीको कन्द्रिय कार्यालयको निर्णय अनुसार जिल्लाका ३ तहमा आन्दोलन कार्यक्रम गर्ने सार्वजनिक गरिएको हो । कपिलवस्तुको तौलिहवा स्थित कांग्रेसको पार्टी कार्यालयमा बसेको जिल्ला बैठकले पुस २५ गते जिल्लाका ६ वटै निर्वाचन क्षेत्र, माघ ५ गते १० वटै पालिका र माघ ८ गते जिल्लाका ९६ वटै वडामा बिरोध कार्यक्रम गर्ने निर्णय भएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए । 

    बिरोध कार्यक्रमलाई सफल बनाउन पार्टीका महाधिबेशन प्रतिनिधि, जिल्ला कार्य समिति सदस्य, सकृय सदस्य, जिल्ला र केन्द्रिय स्तरका नेता पठाउने निर्णय गरेको उनले बताए । उनले पार्टीको बुथ कमिटी देखि जिल्ला कार्य समितिलाई सकृय सहभागीतालागि निर्देशन दिएको बताए । उनले जिल्लामा ओलीले चालेको असबैधानिक कदम बिरुद्ध सशक्तरुपमा बिरोध कार्यक्रमको तयारी गरेको बताए । 

    कार्यक्रममा नेता दिप कुमार उपाध्याय,पार्टी आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, सुधाकर पाण्डेय, कमलेश कुमार शर्मा, अब्दुल कलाम खाँ, केशव कुमार श्रेष्ठ, गिरीजेश कुमार पाण्डेय, पार्टी सचिवहरु प्रेम बहादुर रायमाझी, महेन्द्र पाठक युवा नेता राजेश ज्ञवाली लगाययतको सहभागीता रहेको थियो । यस्तै पार्टीले पार्टीको सकृय सदस्यता आबेदन फारम र नबिकरण यही माघ ५ गते भित्र पार्टी कार्यायमा अनिवार्य बुझाउनकालागि समेत  निर्णय गरेको छ । 

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६