अर्थ-वाणिज्य

प्रदेश क्षेत्रमा कांग्रेसको गर्जन : पुनस्थापनामा खुशी, चुनावमा विजयी



कपिलवस्तु २५ पुस  नेपाली कांग्रेसको केन्द्रीय घोषणा अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले  प्रदेश निर्वाचन क्षेत्रका ६  वटा स्थानमा विरोध प्रदर्शन गरेको छ ।संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले क्षेत्र नं १ को क मा पचेहरा, ख मा पकडी त्यस्तै क्षेत्र नं २ को  क मा गोरुसिंगे ख मा सुठौली भन्सार,क्षेत्र नं ३ को क मा भलवारी र ख को जिगनिहवा चैराहामा विरोध सभा सम्पन्न गरेको छ यसवाट कांग्रेस जागेर चुनावको तयारीमा लागेको स्पष्ट भएको छ । यतिमात्र होइन बोल्ने बक्ताले प्रदेश क्षेत्रमा कांग्रेसको गर्जन सुनाउदै  पुनस्थापनामा खुशी हुने र चुनावमा विजयी हुने गरी लाग्न आवहान गरेका छन् । 

   कार्यक्रममा वोल्दै नेताहरुले  केपी ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपत्ति जनाएका थिए ।क्षेत्र नं को  क स्थित पचेहरामा  क्षत्रिय सभापति शालिकराम थारुको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल, पुर्व मन्त्री  दिपकुमार उपाध्याय, वाणगंगा  नगरपालिकाका मेयर मगल प्रसाद थारु, पुरुन थारु,शक्ति सिंह ठकुरी, महिला संघकी इन्द्रिरा भटराई र विमला गैरेले सम्वोधन गर्नु भएको थियो । 

    कार्यक्रमको संचालन क्षेत्रिय सचिव प्रेमप्रसाद पौडेलले गर्नु भएको हो । त्यस्तै क्षेत्र १ को ख  मा क्षेत्रिय सभापति वलिउद्धिन मुसलमानको अध्यक्षतामा सम्पन्न विरोध सभामा  केन्द्रिय सदस्य अतहर कमाल,  पुर्व मन्त्रि दिपकुमार उपाध्याय, केन्द्रिय आमन्त्रित सदस्य राजेश सिंह, पुर्व पार्टी सभापति राजेश आर्चाय, जिल्ला सचिव  महेन्द्र पाठक, कोषाध्यक्ष सोहरत तेली, क्षेत्रिय सभापति अब्दुल मन्नान खा, सुमित्रा शर्मा, लोकनाथ शर्मा, चर्तुभुजमणी त्रिपाठी लगायतले सम्वोधनगर्नु भएको थियो ।    

   क्षेत्र १ को क मा गोरुसिगेमा  क्षेत्रिय कार्यवाहक सभापति हिमलाल न्यौपानेको अध्यक्षतामा  भएको कार्यक्रममा जिल्ला सभापति सुरेन्द्रराज आचार्य, क्षेत्रिय सभापति  एव बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महिला संघ सभापति  मिना केसी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन क्षेत्रिय सचिव  रोमलाल खनालले गर्नु भएको थियो ।  त्यस्तै क्षेत्र नं २ को ख मा मर्यादपुर सुठौली भन्सार क्षेत्रमा क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रममा पुर्व पार्टी सभापति सुधाकर पाण्डेय ,रामआषिश पाण्डेय, दिपेन्द्र शुक्ला, ओम प्रकाश गुप्ता,प्रकाश घिमिरे, राजेश ज्ञवाली,परमात्मा प्रसाद पाठक लगायत बोलेको कार्यक्रमको संचालन गाउं सभापति जगदिश पाण्डेयले गर्नु भएको थियो । 

    उता क्षेत्र नं ३ को क मा भलवारीमा क्षेत्रिय सभापति जयन्नत्री प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव प्रेम बहादुर रायमाझी , जिल्ला नेता हरि पोख्रेल, हुमकान्त खनाल ,अजय थापा, प्यार मोहम्मद मुसलमान लगाएतले मन्तब्य राख्नु भएको थियो । क्षेत्र नं ३ को ख मा जिगनिहवा चौराहामा क्षेत्रिय सभापति विनय कुमार गिरीको अध्यक्षतामा  भएको विरोध सभामा  जिल्ला नेताहरु ब्रहमानन्द उपाध्याय,अकेल मिया,राजेश उपाध्याय,रफिक मुसलमान,चुन्ना प्रसाद उपाध्याय लगायत  मन्तब्य राख्नु भएको कार्यक्रमको  संचालन मुत्तेश्वर मिश्राले गर्नु भएको थियो ।   

प्रकाशित : २५ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६