बिजनेस

जनमतलाई धोकादिने ओलीलाई सच्याउन जन आन्दोलन : न्यौपाने



कपिलवस्तु,२५ पुस  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले  प्रधानमन्त्री केपि ओलीको असंवैधानिक कदम कै कारण आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ ।नेपाली जनताले दिएको बहुमतलाई कदर नगरी मनोमानी ढंगले काम गरेपछी ओलीलाई सच्याउन आन्दोलन गर्ने अबस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

    कपिलवस्तुको कृष्णनगरमा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता न्यौपानेले  प्रधान्मन्त्रीले लोकतन्त्र,संविधान बिरोधी काम गर्न थालेपछी आफैले बनाएको सरकार विरुद्ध लाग्नुपर्ने अवस्था आएको बताउनुभयो ।जनताले काम गर्न भनि ५ वर्षको लागि मत दिएको भएपनि जनताको मतलाई लत्याएर संविधानमै नभएको संसद बिघटन गरेर जनतालाई धोका दिएको बताउनुभयो ।

     नेकपामा मात्र नभई मुलुकमा धेरै राजनितिक दलहरु सडकमा उत्रिएको बताउँदै जनताले बिकास खोजेकोले विकास गर्नुको सट्टा लोकतन्त्रलाई धरापमा पर्ने काम गरेको आरोप लगाउनुभयो ।भेलालाई सम्बोधन गर्दै नेकपा नेता तथा प्रदेश सांसद विष्णु पन्थीले केपी ओलीको असंवैधानिक कदम विरुद्ध सिंगो राष्ट्र एकजुट बन्दै गएको दाबी गर्नुभयो । 

    पूर्वप्रधान्याधिसहरुले बिज्ञाप्ती निकालेर गैरसंवैधानिक भनिरहेको अवस्थामा अब न्यायलयले न्यान दिने आशामा आफुहरु रहेको बताउनुभयो ।अन्य मुलुकहरुले कोरोनाको भ्यक्सीन लिएर लगाइरहेको बेला हाम्रो देशमा प्रधानमन्त्रीलाई गुटको राजनिति गर्न भ्याइनभ्याइ रहेको बताउनुभयो ।सबै अगुवा कार्यकर्ताहरु एकमतका साथ जनतामा ओली प्रवृत्ति र संविधानमै नभएको व्यवस्था विरुद्ध जान आग्रह गर्नुभयो ।

    प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडेले सरकारले काम गर्न नसकेपछि काम गर्न दिइएन भन्ने आरोप लगाएको बताउनुभयो । प्रधानमन्त्रीले सबै आफ्नो मनमर्जिले गरिरहे पनि काम गर्न दिइएन भन्नु काम गलत रहेको बताउनुभयो ।भेलाको अध्यक्षता नगर अध्यक्ष जावेद आलम खाँ तथा संचालन शिवराज नगरकमिटि सचिवालय सदस्य चिन्ता परियारले गर्नुभएको थियो । 

प्रकाशित : २५ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६