जीवनशैली

प्रतिनिधी सभाको फैसला सडकवाट खोज्नेहरु महामुर्ख :डा.भण्डारी



बुटवल २७ पुस ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनु भएको छ  । संसद बिघटन संविधान भैसकेको र सर्बाेच्च अदालतमा रहेको बिचाराधीन मुद्धामाथि शडकबाट फैसला गर्न नसक्ने प्रष्ट पार्नुभयो  ।

    उहाले सडकवाट फैसला गर्नहरु महामुर्ख भएको तर्क गर्नु भयो ।  रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै नेता भण्डारीले संविधानमा व्याख्या गर्ने सर्वोच्च अदालतले भएको बताउदै,सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई नेपालि काग्रेशले एक मतका साथ स्वीकार्ने बताउनु भयो ।

    उहाले अवको परिस्थीतिमा जे निर्णय भएपनि सरकारको नेतृत्व काग्रेसको नेतृत्व हुने दावि गर्दै निर्वाचमा जानुनै उत्तम विकल्प हुने बताउनु भयो । अब हुने निर्वाचनबाट नेपाली जनताले  काम गर्न नसक्ने असक्षम दल र नेतालाइ बिदाइ गर्ने पनि बताउनु भयो । नेता भण्डारीले नेपाली कांग्रेसको महाधिबेशन भदौभित्र गरिसक्नुपर्ने भन्दै उहाले सक्रिय सदस्यताको विवाद माघसम्म टुंगिने बताउनु भयो ।

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६