जीवनशैली

अभियानको दौरान ३ महिनामा प्रहरीका ३९० काम



बुटवल २७ पुस । ३ महिने अभियानका दौराक लुम्विनी प्रदेश प्रहरीले ३९० काम गर्ने भएको छ । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने छ ।

   अभियान आउँदो चैत महिनाको अन्त्यसम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्ला प्रहरी कार्यालय र ५३ वटा इलाका प्रहरी कार्यालय गरी ६५ वटा प्रहरी कार्यालयबाट सञ्चालन गरिने र यो अभियानको अवधिभर कम्तिमा ३ सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए । जातीय छुवाछुत र बालविवाहका घटना भएमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ । 

यसैगरी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध पनि विशेष अभियान सञ्चालन गरेको छ । फागुनसम्म चल्ने अभियानले सार्वजनिक यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्ने र यौनजन्य दुर्व्यवहार न्यूनिकरण गर्ने अपेक्षा गरिएको प्रवक्ता बैदवारले बताए । अभियान अन्तर्गत प्रदेश, जिल्ला र इलाका गरी १२० वटा प्रहरी युनिटबाट प्रत्येक महिना दुई वटाका दरले ७ सय २० वटा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६