कपिलवस्तु २७ पुस । नेपाल पत्रकार महासंघ कपिलवस्तुले पछिल्लो वर्षमा राजमार्ग क्षेत्रका २ स्थानमा सूचना केन्द्र संचालनमा ल्याएकोछ । बाणगंगा र बुद्धभूमीमा पालिकै पिच्छे सूचना केन्द्र स्थापना हुन पुगेका हुन् । बुद्धभूमीमा सोमवार एक कार्यक्रमका बीच केन्द्रको समुद्घाटन गर्दै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पत्रकारीताको माध्यमले कपिलवस्तुमा समृद्धी ल्याउन योगदान गर्न पत्रकारलाई आग्रह गर्नु भयो । उहाले पत्रकारीतालाई राज्यको चौथो अंगका रुपमा लिने गरेको र समाजले पनि पत्रकारलाई त्यसै अनुसार सम्मान गर्ने गरेको बताउँदै पत्रकारलाई सत्य र तथ्यमा आधारित रहेर कलम चलाउन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा भएको कार्यक्रमको गोरुसिंगेमा उद्घघाटन गर्दै नगर प्रमुख श्रेष्ठले पत्रकार सबैको साझा भएको भन्दै हरेक विचार राख्नेलाई पत्रकारले उचित स्थान दिने नीति लिन आग्रह गर्नु भयो ।समाजमा लुकेर रहेर खबरलाई आम नागरिक समक्ष उजागर गरी समाज रुपान्तरणको अभियानमा लाग्न पत्रकारलाई उहाँले सुझाव दिनुभयो ।पत्रकारिता पेशा समाजको ऐना भएको बताउँदै मिडियाको सवलीकरणका लागि आफुले आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले पत्रकारलाई दक्ष बनाउन महासंघले विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो । शाखाले पछिल्लो वर्षमा २ वटा सूचना केन्द्र संचालनमा ल्याएर ऐतिहासिक काम पुरा गरेको चर्चा गर्नु भयो । जिल्लाका विभिन्न स्थानमा महासंघका भवन निर्माण भैसकेका बताउँदै अब पत्रकारितालाई सबल र सुदृढ बनाउन विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।
महासंघका कपिलवस्तु शाखा अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भेषराज शर्मा, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष सुभलाल भुसाल लगायतले शुभकामना दिनु भएको थियो ।महासंघकी उपाध्यक्ष पार्वती पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शाखा सचिव हरि अधिकारीले गर्नुभएको छ ।
प्रतिक्रिया