जीवनशैली

आफ्नै भाईलाई जंगलमा लगेर हत्या



नरैनापुर २८ पुस । नरैनापुर गाउँपालिका वडा नं।४ बस्ने दाजु भाई बिच सोमवार भएको विवादमा परि भाईको मृत्य भएको छ ।काठ दाउरका लागि विहान करिब ९ बजे जंगल गएका दुबै जना मध्ये दाई मात्र फर्किएपछि सोधपूछ गर्ने क्रममा सो विषय बाहिर आएको प्रहरीले जनाएको छ । नरैनापुर गाउँपालिका वडा नं।४ नरैनापुर गाउँ बस्ने अं।३० वर्षिय इब्राहीम खाँले आफ्नो साख्खै भाई अं।वर्ष १६ को रहीस खाँको टाउकोमा लठ्ठीले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

      घटना पछि पुगेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार सम्पत्ती विवादमा हत्या भएको हुन सक्ने अनुमान गरेका छन् । यो घटना सम्पत्तीकै कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान छ, उनले भने, थप अनुसन्धान अझै जारी रहेकोले वास्तविक विषय पछि खुलासा हुनेछ ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६