कपिलवस्तु २९ पुस। तत्कालीन जिबिस रहेको अवस्थामा कोषमा बचेको १४ करोड बढी रकम पालिकाहरुलाई दामासहीले निकासा गर्नु पर्ने कपिलस्तुका पालिका प्रमुखहरुले माग गरेका छन । समन्वय समिति गठन भए पछि तत्कालीन जिबिसका कोषमा ३१ करोड बढी रकम कोषमा रहेको थियो । त्यस मध्ये समन्वय समितिले पालिकाहरुलाई योजना मागका आधारमा ३० प्रतिशत लागत सहभागीतामा १७ करोड निकासा गरेको थियो । अहिले सम्म सो कोषमा १४ करोड बढी रकम रहेको जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले बताउनुभएको छ ।
जिल्ला समन्वय समितिको तेश्रो जिल्ला सभामा पालिका प्रमुखहरुले सो माग गरेका हुन । बुद्ध्भुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले समन्वय समितिमा रहेको १४ करोड बढी रकम पालिकाहरुलाई दामासाहीले दिनु पर्ने माग गर्नुभयो । उहाले पालिकाहरुमा थुपै अधुरा कामहरु रहकोले सो रकम दिइए केही काम अघि बढने उहाले बताउनुभएको छ । महाराजगंजका मेयर अब्दुल कलाम खा, शिवराज नगरपालिकाका मेयर नेत्र प्रसाद अधिकारी, सुद्धोदन गाउपालिकाका प्रमुख निसार अहमद खाल लगातयका पालिका प्रमुखले सो रकम चाडै पालिकाहरुलाई दिनु पर्ने माग गर्नुभयो ।
१४ करोड मध्ये समन्वय समितिले आफनो कार्यालयको हाता भित्र सुबिधा संपन्न सभा हल बनाउने योजना रहेको समन्वय समितिका प्रम्ुख खनालले बताउनुभएको छ । उहाले समन्वय समितिमा रहेको सो रकम पालिकाहरुलाई योजनाको मागका आधारमा दिईने बताउनुभएको छ । सभामा प्रमुख खनालले प्रस्तावित नीतिहरु र उप प्रमुख तारावती चौधरीले आब २०७६/०७७ को अनुमान तथा यहार्थत र आब ०७७/०७८ को अनुमान आय बिवरण प्रस्तत गर्नुभएको छ । सभा समन्वय समितिका प्रमुख खनालको अध्यक्षता र भुमी पोख्रेलको संचालनमा भएको थियो ।
प्रतिक्रिया