अर्थ-वाणिज्य

२मेयर शाहद्वारा २५ लाखको चेक मन्दिरकालागि हस्तान्तरण



कृष्णनगर २ माघ ।कपिलवस्तुको कृष्ण्नागर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले पहाडी बाबा मन्दिर निमार्णका लागि २५ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ । नगगरपालिकाको वडा नं ११ रामनगर कप्तानगञ्जमा रहेको ग्रामदेव पहाडी बाबा मन्दिर निमार्णका लागि जग्गा गरिद गर्न बिहिवार मेयर शाहले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त चौधरीलाई २५ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

    चौधरीले यसरी नगरपालिकाले पहाडी बाबा मन्दिर निमार्णका लागि जग्गा गरिद गर्न सराहनीय कार्य गरेको भन्दै मेयर शाहलाई धन्यवाद समेत दिनुभयो ।  हरेक वर्ष झैँ यस वर्ष पनि मकर संक्रान्ति ९खिचडी०को दिन १ गते भव्यरुपमा मेला लाग्ने गरेको मेला संयोजक चौधरीले जानकारी दिनुभएको छ ।यस पहाडी बाबा मन्दिरमा दर्शन गर्नका लागि कपिलवस्तुको कृष्ण्नगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका लगायत भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट समेत हजारौँको संख्यामा भक्तजन, श्रद्धालु, साधुसन्त तिर्थालुहरु मेला तथा दर्शन गर्न आउने गरेको चौधरीले बताउनुभयो । मकर संक्रान्तिको अवसरमा ३ दिन अगाडी देखि नै अखण्ड रामायण, अखण्ड हरि किर्तन, भजन किर्तन हुने गरेको बताउनुभयो ।

 

माघ १ गते बिहानै नुहाई धुवाई गरी चामल, मासको दाल, दुध, दही, भेली अन्न खिचडीको रुपमा मन्दिरमा चढाउने, दान गर्ने चलन ११ वर्ष देखि रही आएको छ ।  यसरी मकर संक्रान्तिका अवसरमा खिचडी चढाउने कार्य गरेमा पुण्यलाभ प्राप्त हुनुको साथै परिवार जनमा सुख शान्ति रहने जन विश्वास रही आएको छ ।  

 

प्रकाशित : २ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६