पर्यटन

लुम्बिनी प्रदेश : पर्यटकका लागि उत्कृष्ट



बुटवल ५ माघ ।  भैरहवा- धार्मिक, सास्कृतिक, प्राकृतिक, साहसिक र मनोरञ्जनात्मक पर्यटन गर्न चाहने नेपाली र विदेशी दुवै खाले पर्यटकका लागि लुम्बिनी प्रदेश उत्कृष्ट रहेको नेपाल टुरीजम बोर्ड लुम्बिनी प्रदेशका प्रमुख तथा प्रबन्धक लिलाबहादुर बानियाँले बताउनुभएको छ ।नेपाल टुरीजम बोर्डले सबै प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेशको जिम्मेवारी पाएका बोर्डका प्रबन्धक समेत रहेका बानियाँले पर्यटन व्यवसायीहरुसँगको छलफलमा पर्यटनका लागि लुम्बिनी प्रदेश उत्कृष्ट गन्तव्य रहेको भन्दै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम सकिएर अन्तर्राष्ट्रिय उडान सुरु हुने बित्तिकै पर्यटकका लागि यो क्षेत्रको महत्व अझै बढ्ने बताउनुभयो ।

“पर्यटन क्षेत्रका हरेक गतिविधि यहाँ छ, होटल रेष्टुराँ, यातायात बाटो लगायतका पूर्वाधार समेत राम्रो छ, त्यसैले पर्यटनमा उत्कृष्ट गन्तब्य छ लुम्बिनी प्रदेश अब यसलाई प्रवद्र्धन गर्नु पर्छ ।” बानियाँले भन्नुभयो ।अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै यहाँबाट चीनको मानसरोवर साथै भैरहवाबाट हुम्ला, जोमसोम, पूर्वमा विराटनगर, जनकपुर, नेपालगन्ज, जुम्ला र मुगुु, सुदूरपश्चिमको धनगढीसम्म आन्तरिक विमान सेवा सुरु हुन सक्ने र त्यसले आन्तरिक एवं बाह्य पर्यटनलाई बढावा दिने उहाँले बताउनु भयो । “लुम्बिनी प्रदेशमा पर्यटकलाई मनपर्ने पर्यटनका सबै क्षेत्र छन, अब त्यसको ब्राण्डिङ र मार्केटिङ गर्न जरुरी छ” उहाँले भन्नुु भयो ।

छलफलमा सिद्धार्थ होटल संघका उपाध्यक्ष किशोर जोशीले निजी क्षेत्रसँग सहकार्य गरी लुम्बिनी प्रदेशमा पर्यटनका गतिविधि अघि बढाउनु पर्नेमा जोड दिँदै टुरीजम बोर्डको लुम्बिनी प्रादेशिक कार्यालय सञ्चालन हुनु निकै सकारात्मक भएको बताउनुभयो । सिद्धार्थ होटल संघले बिगतमा पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डसँग सहकार्य गर्दै काम गरेको र सहकार्य निरन्तर हुने जोशीले बताउनुभयो ।

बुद्ध जन्मस्थल लुम्बिनीको देश विदेशमा प्रचार गर्दै हिड्ने सामाजिक अभियान्ता एवं सिद्धार्थ होटल संघका सल्लाकार चेतन पन्तले लुम्बिनी प्रदेशको बुद्ध जन्मस्थल लुम्बिनीसँगै अन्य पर्यटकीय स्थलहरुको अन्य प्रदेशँंग कनेक्टीभिटीमा जोड दिँदै स्वदेश साथै भारत र विदेशमा पनि यस क्षेत्रको छुट्टै किसिमले प्रचार प्रसार गर्दै भारतमा चलिए ‘लुम्बिनी’ कार्यक्रम सुरु गर्नु पर्ने बताउनुभयो ।सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष विष्णु गौतमले प्रादेशिक कार्यालय स्थापनासँगै कोरोनाका कारण बन्द रहेको नेपाल भारत सीमा नाकाहरु खोल्न पहल गरी स्वास्थ्य सतर्कता अपनाई भारतीय पर्यटक भित्र्याउने तर्फ पर्यटन बोर्ड प्रादेशिक कार्यालयको भूमिका प्रभावकारी हुने बताउनुभयो ।

प्रकाशित : ५ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६