लुम्बिनी

पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो



पाल्पा ७ माघ । पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको ज्यान गइसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर सारुले जानकारी दिनुभयो । मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ ।बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित : ७ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६