लुम्बिनी

भैरहवा विमानस्थलबाट सेवा दिनेगरी नयाँ हेलिकप्टर कम्पनी दर्ता



भैरहवा ८ माघ । भैरहवा विमानस्थल क्षेत्रलाई आधार बनाएर सेवा दिनेगरी नयाँ हेलिकप्टर कम्पनी दर्ता भएको छ।त्रिलोक हेलिकप्टर नामको उक्त कम्पनीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सेवा सञ्चालनको अनुमति लिएको हो।कम्पनीले भैरहवालाई आधार बनाएर उडान गर्ने उल्लेख गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

सुरुमा दुईवटा हेलिकप्टर ल्याएर सेवा सञ्‍चालन गर्ने योजना बनाएको कम्पनीले उडान सञ्‍चालन अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया अघि बढाएको छ।कोरोना अघि हेलिकप्टरको व्यापार राम्रो भएपनि पछिल्लो समय भने खुम्चिएको छ।

करिब दर्जन सेवाप्रदायकले अहिले नै सेवा दिइरहेको नेपाली बजारमा नयाँ कम्पनी दर्ता भएको हो।विदेशी पर्यटक बाहेक स्वदेशमै पनि हेलिकप्टरको माग बढ्न थालेपछि पुराना कम्पनीहरुले क्षमता विस्तारमा ध्यान दिइरहेका थिए। तर कोरोना महामारीका कारण स्थापित कम्पनीहरु भने वित्तीय रुपमा थला परेका छन्।

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६