अर्थ-वाणिज्य

यो गाउले एकमन्त्री सहित २ माननीय पायो तर जोखीमवाट मुक्ति पाएन



कपिलवस्तु १० माघ ।  कपिलवस्तुको बाणगंगा ६ मापर्ने बैदोली —भगलापुर गाउले एकजना मन्त्री र २ जना माननीयलाई आफ्नै गाउमा पाउन सफल रह्यो तर जोखीम पूर्ण पुलवाट मुक्ति भने पाउन सकेन ।सो गाउकै वासिन्दा पूर्वमन्त्री चक्रपाणी खनाल वलदेव र संविधान सभा सदस्य विश्राम प्रसाद चौधरी हुनुहुन्छ । तर उहा दुबैले उक्त पूलको जोखीम हटाउन सफल भने हुनु भएन । यस्तो टिप्पणी त्यहाका एक विद्यालयका प्रअ ठाकुर प्रसाद पोखरेलको सामाजिक सञ्जालमा ब्यक्त गर्नु भएको हो ।

    उहाले  सञ्जालमा  तस्बीर सहित लेख्नु भएको छ —यो बाणगंगा ६ बैदौलीको नहर माथिको पुल हो । यो पुलबाट दैनिक हजारौ साइकल,पैदल यात्रुका साथै स्कुलबस,ट्रक ,बस,ट्याक्टर आदि हिड्छन् ।पुलको दायाबायाको बार भत्किएको छ ।सागुँरो पुल ,जीर्ण अवस्थामा भए पनि अर्को कुनै विकल्प छैन। यहीँबाट जनताको मत लिएर,सांसद ,मन्त्री ,मेयर ,उपमेयर,बार्डअध्यक्ष,सदस्य  बने पनि जनताको समस्यामा वास्ता छैन ।

    यस्तो नाजुक अवस्थामा पनि ध्यान नदिने तर नेतृत्वमा रहनेहरू किन मौनछन् ?  यो पुलको मर्मत पुन निर्माणका लागि ठूलो दुर्घटना हुनु पर्ने हो वा अन्य केही ,सम्बन्धित पक्षबाट जवाफ पाइन्छ  कि ? उहाले राखेको यो प्रश्नको भौतिक उपलब्धी सहितको जवाफ कहिले पाउनु हुने हो निश्चित छैन तर सञ्जालवाट सहजै  जवाफ दिदै प्रदेश सांसद विष्णु पन्थीले लेख्नु भएको छ —ठाकुर जि कुरा उठाउनु भएकोमा धेरै धेरै धन्यवाद छ । हाम्रो ध्यान पुगेको छ । यो र माथिल्लो लक्ष्मणघाट्को दुबै पुल बन्ने प्रक्रियामा छ्न । कोरोना महामारीको कारणले गत आवमा काम हुन सकेन तर अब छिटो काम हुनेछ ।

     संविधान सभा सदस्य विश्राम प्रसाद चौधरीले  भने फरक दावि गर्नु हुन्छ । उहाका अनुसार त्यो पुल सिंचाई डिभिजनको कार्यक्षेत्रमा पर्छ यस अघि पटक पटक छलफल गरेर सिंचाई डिभिजन  कै वजेट वाट वनाउने गरी टुंगिएको छ तर अहिले सम्म बजेट विनियोजन भएको छैन । स्थानीय तह र प्रदेशले वनाउने भन्ने कुरा कसरी होला र ? चौधरीको यस्तो भनाईले जोखीम अझै कायम रहने स्पष्ट हुन्छ । पूर्वमन्त्री चक्रपाणी खनालले  सिंचाईले नचहादा सम्म त्यहाकाम नहुने भएकाले वनाउन नसकेको वताउनु भयो ।

प्रकाशित : १० माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६