अर्थ-वाणिज्य

तौलिहवा : २ अर्ध सरकारी कार्यलयले हुलाकी निर्माणमा अवरोध गरे



कपिलवस्तु १० माघ । जनताले सडक क्षेत्रमा पर्ने ७ सय घरपसल हटाएर निर्माण अघि वढेको तौलिहवा स्थित हुलाकी सडक आयोजनाको काम २ अर्ध सरकारी कार्यलयले अवरुद्ध पारेका छन् । विवरण अनुसार सडक क्षेत्र भित्र पर्ने पन्ध्र्  मिटरको संरचना सययमै नहटाईदा १० महिना ढिलो सुरु भएको कपिलस्तुको तौलिहवा स्थित हुलाकी सडकको निर्माण कार्यमा फेरी अवरोध श्रृजना भएको छ ।
खानेपानी पाईप र बिद्युतको पोल नहटाईदा अवरोध भएको हो ।जमुहारको नहर देखि नयाटोल हुदैं छोटकी तौलिहवा स्थित मस्जिद सम्मको २३ सय ५० मिटरको निर्माण कार्यमा बिद्यतुको पोल र खानेपानी पाईले अवरोध सृजना गरेका हो ।
    गत साउन यता सडक क्षेत्र भित्र पर्ने संरचना हटाईएपछि निर्माण कार्य तीव्र गतिमा बढेका थियो ।
तर अहिले खासगरी खानेपानी पाईप र बिद्यतुको पोल नहटाईदा कालो पत्रे गर्ने काम रोकिएको छ । हुलाकी सडक आयोजना कार्यान्वयन ईकाई गोरुसिंगेका ईन्जीनीयर बिरेन्द्र गूप्ताले खानेपानी पाईप र बिद्युतको पोल नहटाईदा कालो पत्रे गर्ने काममा अहिले बाधा भएको बताए ।
    खानेपानी पाईप र बिद्यतुको पोलले गर्दा सो क्षेत्रमा अहिले निर्मााण् कार्य समेत सूस्ताएको छ । त्यहा अहिले मेडीयन र नाली निर्माणको सामान्य काम बाहेक अरु काम रोकिएको छ । यस बारे कपिलस्तु नगरपालिका, बिद्यतु प्राधिकरण र खानेपानी संस्थानलाई जानकारी गराइ सकिएको ईन्जीनीयर गुप्ताले बताए ।
बिद्यतु प्राधिकरणले केही दिन मै पोल हटाउनेृ काम सुरु गर्नेै जनाए पनि खानेपानी संस्थानले भने अहिले सम्म पाईप हटाउने बारे यकिन मिति दिएको छैन । ‘बिद्युतको पोल भन्दा खानेपानीको पाईपले हामीलाई बाटो निर्माणको काममा अवरोध गरेको छ ’ ईन्जीनीयर गुप्ताले भने । खानेपानीको पाईप नहटाई सडकको बेस, सब बेस र पिचको काम अघि बढन नसक्ने गुप्ता बताउछन । खानेपानी संस्थानले अझै सम्म पाईप हटाउने बारे टेन्डर समेत निकालेको छैन ।
    त्यस हिसाबले समेत बाटो निर्माणमा २ महिना बढी अवरोध आउन सक्ने देखिएको छ । बाटो निर्माणमा ढिलाई भए सर्वसाधारणले हिलो धुलोका कारण निकै सास्ती पाउने छन । निर्माण ब्यवसायी महासंघ कपिलवस्तुका निबर्तमान अध्यक्ष दिनेश हमालले बिद्युतको पोल र खानेपानी पाइप चाडै हाटई निर्मााण कार्य संपन्न गरिनु पर्ने बताए ।
‘ अहिले त ठिकै छ बर्सातको मौसममा यही अवस्था रहे सर्वसाधारणले निकै सास्ती खेप्नु पर्नेछ ’ उनले भने । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले सडक क्षेत्रमा रहेका बिद्यतुको पोल र खोनपानी पाइप हटाउन आफुले सम्बन्धित निकायलाई आग्रह गरेको बताए ।

प्रकाशित : १० माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६