अर्थ-वाणिज्य

देशकै तेश्रो ठूलो लुम्विनी प्रदेशमा किसानको एक हात उत्पादन,अर्काे हातमा अनुदान



कपिलवस्तु ११ माघ लुम्विनी प्रदेशमा उत्पादनमा आधारीत अनुदानको ब्यवस्था गरिएपछि  किसानको एक हात उत्पादन, अर्काे हातमा नगदको अवस्था आएको छ । त्यसो त केन्द्रीय तथ्याङ्क विभागको कृषि गणना २०६८ अनुसार यस लुम्विनी प्रदेशमा ४ लाख ४ हजार ५४१ हेक्टर खेतीयोग्य जमिन रहेको छ, जुन यस प्रदेशको कूल भूभागको २२.७ प्रतिशत हुन आउँछ । तथ्याङ्कअनुसार यो प्रदेश नेपालको तेस्रो ठूलो खेतीयोग्य जमिन भएको प्रदेशको रुपमा रहेको छ । यो प्रदेशमा कृषि कार्यमा संलग्न करीव ३८ लाख २० हजार व्यक्ति संलग्न छन् ।

  आर्थिक वर्ष २०७२/७३ को कृषि विकास मन्त्रालयको कृषिसम्बन्धी तथ्याङ्कको आधारमा हेर्दा प्रदेश नं ५ धान र तेलहन उत्पादनमा पहिलो नम्बरमा, मकै र आलु उत्पादनमा चौथो नम्बरमा रहेको छ ।पशुपालनतर्फ भैंसीको संख्यामा प्रदेश नं ५ पहिलो स्थान र गाईपालनमा तेस्रो स्थानमा रहेको छ । दूध र मासु उत्पादनमा तेस्रो स्थानमा र माछा उत्पादनमा दोस्रो स्थानमा रहेको छ ।

   यी नै तथ्यहरुलाई मध्येनजर राख्दै लुम्बिनी प्रदेश सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य राखेको छ  । समृद्ध प्रदेश खुसि जनता भन्ने मुल नारालाई आत्मसाथ गरी भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले कृषि पशुुपँन्छी ,मत्स्य , भुमि तथा सहकारी क्षेत्रको बिकास तथा प्रवद्र्धनको अभिभारा लिएर अगाडि बढेको छ । 

  कृषि पेशालाई व्यावसायीकरण, उत्पादनमा आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा उत्पादनका आधारमा अनुदान कार्यक्रम अगाडि सारिएकोछ । सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिलाई प्रेरित गर्ने प्रभावकारी कार्यक्रम समेत ल्याएको छ। निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक तथा उत्पादनमूलक कृषिमा रुपान्तरण गर्न प्रदेश सरकारले महत्वाकांक्षी कृषि कार्यक्रमहरु तर्जुमा गरेको छ ।

    जसबाट १२ वटै जिल्लाका  किसानहरु लाभान्वित भएका छन् । जस मध्येका एक उदाहरण हुन तिलोत्तमा–३ विष्णुपुराका ईश्वर पौडेल,प्रदेशमै अत्याधुनिक प्रविधिबाट तरकारी खेती शुरु गरेको फार्मलाई स्थापनाको दोस्रो वर्षमै प्रदेश ५ सरकार अन्तर्गत कृषि ज्ञान केन्द्रले ग्रीन हाउन निर्माणका लागि २० लाख र तिलोत्तमा नगरपालिकाले दुई लाख ५० हजार रुपैयां अनुदान दिएको थियो । 

    पौडेलले ग्रीन हाउस मात्र नभएर तीन परिवार मिलेर डेढ करोड लगानीमा लुम्बिनी हाइड्रोपोनिक फार्म दर्ता गरी एकबिघा जमिनवाट  हाइटेक प्रविधिबाट माटोविना नै तरकारी खेती शुरु गर्नु भएको छ । खेतीपातिमा आधुनिक प्रविधिलाई सहज उपलब्ध गराउन प्रदेश र स्थानीय सरकारले प्रोत्साहन दिदा काम गर्ने उर्जा थपिएको उहाले वताउनु भयो ।

   दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए गाउँ घरमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पौडेल परिवारले चरितार्थ गरेको यो कामबाट प्रष्ट हुन्छ । बिरुवालाई चाहिने खाद्य तत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधिलाई हाइड्रोपोनिक खेती प्रणाली भनिन्छ । ओमानमा दश वर्षसम्म काम गरेर फर्केका अर्घाखाँची डिभर्नाका ईश्वर पौडेलको अगुवाइमा यो प्रविधिमा तरकारी खेती शुरु भएको हो ।

   रुपन्देहीमा ठूला र तारे होटेलहरु खुल्ने क्रम बढेकाले आफ्ना उत्पादनलाई बजारको समस्या नहुने अर्का सञ्चालक पिताम्बर आचार्यले बताउनु भयो । ‘हाम्रा उत्पादनहरुले विशेषगरी ठूला होटलहरूमा सलादका लागि प्रयोग हुने भएकाले बजारको समस्या हुंदैन । उत्पादन विषादी रहित अर्गानिक हुने भएकाले फार्ममै आएर खरिद गर्ने उपभोक्ता पनि उत्तिकै हुन्छन् ।’फर्ममा खरिद गर्न आएका उपभोक्ता भन्छन् यहा विषादी रहित उत्पादन हुने थाहा पाएर किन्न आएको हो ।

   यता प्रदेश सरकारको अनुदान मार्फत टेक्टर,ट्राली र कल्टिभेटर पाएपछि खेति किसानी गर्न आफुहरुलाई सहज भएको कपिलवस्तुका युवा किसान सागर खनालले बताउनु भयो । ग्रामीण क्षेत्रमा रहेको युवा जनशक्तिलाई कृषिमा आकर्षण गर्न अनुदानको व्यवस्थाले उत्साहित बनाएको सागरको भनाइछ ।  यस किसिमको कार्यक्रम मार्फत कृषि क्रान्ति नै ल्याउने सरकारको योजना प्रति किसानहरु थप आशावादी भएको वताउनु भयो । 

   प्रदेशको कुल ग्राहस्थ उत्पादनमा ४५.६ प्रतिशत हिस्सा ओगटेको समग्र कृषि क्षेत्रलाई व्यवसाय मुलक तथा प्रतिस्पर्धात्मक बनाई आयआर्जनमा टेवा पुराउने हेतुका साथ अगाडि बढेको लुम्विनी प्रदेश सरकार मार्फत धेरै किसानहरुले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सफल भएका छन् । बजारीकरणको सहजीकरण मन्त्रालयबाट बिभिन्न कार्यक्रमह सचालन हुदा उत्पादनले वजार पाएकोछ । उपभोक्ताले ताजा उत्पादन जसवाट किसान र उपभोक्ता दुबै लाभान्वित भएका छन् ।

प्रकाशित : ११ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६