अर्थ-वाणिज्य

प्रचण्ड माधवलाई सूर्य चिन्ह लैजाने गरी महेश बस्नेतले गरे अफर



कपिलवस्तु १२ माघनेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड माधव समुहलाई नयाँ प्रस्ताव गर्नु भएको छ । नेता बस्नेतले प्रचण्ड माधव नेपाललाई  ओली समुहमा आउन र चुनाव चिन्ह सुर्य लैजान आग्रह गर्नु भएको छ ।  संसद पुनः स्थापना नहुने दावी गर्दै उहाँले  संसद पुर्नस्थापना नहुने भएपछि अहिले सेटिङ भनेर जनतामा भ्रम फिजाएको बताउनुभयो ।

    केहि अवसरवादीहरुले सरकारलाई असफल बनाउन लागेपछि प्रधानमन्त्री ओलीले जनतामा जाने निर्णय गरेको उहाँले बताउनुभएको छ । आइतवार कपिलवस्तुको चन्द्रौटामा युवा संघका पदाधिकारीहरु सग भेटघाटका क्रममा नेता बस्नेतले पूर्व माओवादीका लडाकुहरु ओली पक्षमा आउने लहर चलेको बताउनुभयो ।प्रचण्ड नेपाल समुह एउटा गुटको समुह रहेकोले निर्वाचन आयोगले प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई आधिकारीकता दिने बताउनुभयो । “उहाँहरु हामीलाई सुर्य चिन्ह चाहियो भन्दै निर्वाचन आयोग पुग्नुभएछ,अधिकारीकता भए माग्न जानु पर्दैन, उहाँले भन्नुभयो “सुर्य चिन्ह चाहिए प्रचण्ड नेपाल ओली नेतृत्वको नेकपामा आउनुहोस, ।”

    नेता बस्नेतले पृथ्वीनारायण शाहले राज्य एकिकरण गरेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले आफ्नो गुमेको भुमी फिर्ता ल्याउन पहल गरेको बताउनुभयो । अहिलेको सरकारले राम्रो काम गरेका कारण जनतामाझ लोकप्रिय भएकोले त्यो देख्न नसक्नेले पार्टी विभाजन तर्फ लागेको तर्क राख्नुभयो ।   उहाँले प्रचण्डलाई महत्वकाक्षी र माधव नेपाललाई कुण्ठाको संज्ञा दिनुभयो । जनताको मनमा केपी ओली नेतृत्वको नेकपा रहेकोेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दावी गर्नुभयो ।

    पूर्व माओवादीका धेरै नेताहरु ओली पक्षमा आउने क्रम जारी रहेकोले पूर्व एमालेका सबै नेता बैशाख सम्म ओली नेतृत्वमा आउने जनाउनुभयो । कार्यकारी अध्यक्षको रुपमा प्रचण्डलाई जिम्मा दिएपनि तीन वर्ष सम्म पार्टी एकताको केहि काम गर्न नसकेकोले नेता बस्नेतले आरोप लगाउनुभयो ।

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६