अर्थ-वाणिज्य

प्रधानमन्त्री ओलीद्धारा लुम्बिनी प्रदेशको राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन



दाङ १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा बनेको पुल उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्नुभएको हो । राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण अवधिभन्दा अगाडि नै बनेको थियो । झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गर्नुभएको थियो ।

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाट कर्णाली नदीमा छ । गेरुवा पुलको लम्बाइ एक हजार १५ मिटर छ । पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिनुभयो ।यसअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गर्नु भएको छ । 

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६