अर्थ-वाणिज्य

लुम्विनी प्रदेश सरकारको अनुदानमा गाउँ मै सुपर मार्केट



कपिलवस्तु १३ माघ । कपिलवस्तुको बुद्धभुमी ४ बुड्ढीमा सुर्य बहुउद्धेशियीय सहकारी संस्थाले सुपथ पसल सञ्चालन गरेको छ । लुम्बिनी प्रदेश सरकार भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको अनुदानमा स्थापना भएको सुपथ पसल सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ । पसल संचालनका लागि लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई २१ लाख रकम अनुदान दिएको थियो । अनुदान मध्ये सहकारीले १६ लाख रुपैया भवन निर्माणमा र ७ लाख रुपैया पसल संचालनमा लगानी गरीएको थियो । 

    सुपथ पसल संचालनका लागि संस्थाले थप ३५ लाख रकम लगानी गरेको छ । पसल संचालन भए पछि स्थानीय स्तरमा उत्पादन सामाग्री बिक्री बितरणमा सहज भएको सुर्य बहुउद्धेशियीय सहकारी संस्थाका व्यवस्थापक लेखनाथ खनालले बताए । पसलमा स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्न, मरमसला, दैनिक उपभाभोग्य हुने सामाग्री खरिद बिक्री हुनेछ । सुपथ पसल संचालनमा आए पछि कालो वजारी निरुत्साहीत भई सहुलियत दरमा सामाग्री खरिद गर्न पाउने स्थानीय समाजसेबी रुपेस कुमार श्रेष्ठले बताए । 

स्थानीय कृषकले उत्पादन गरेका तरकारी, र सहकारीका सदस्यले उत्पादन गरेका सामाग्री सिधै ग्राहक सँग पुग्ने भए पछि बिचौलियाले खाने कमिसन समेत अन्त्य हुने विश्वास गरिएको छ । अहिले  स्थानीय बजारमा बिक्री गर्ने योजना रहे पनी आगामी वर्ष देखी अन्य सुपथ पसल सँग समन्वय गरी वाह्य जिल्लामा स्थानीय उत्पादन बिक्री गर्ने लक्ष लिइएको सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले बताए । सहकारीमा ८ सय वढी शेयर सदस्य रहेका छन् शेयर सदस्यका लागि विशेष छुटको समेत व्यवस्था गरीएको बताइएको छ 

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६