अर्थ-वाणिज्य

साना किसान कृषि सहकारी संस्था लि. ओदारीको कार्यालय भवन शिलन्यास



माघ १३ कपिलवस्तु । प्रदेश सांसद विष्णु पन्थीले साना किसान कृषि सहकारी संस्थालाई निरन्तर सहयोग गर्ने बताउनु भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड ओदारीको भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै पन्थीले सहकारीको भवन निर्माणका लागि अहिले पनि आर्थिक सहायता प्रदेश सरकारले गरेकोमा आगामी वर्षहरुमा पनि यस्तै सहयोगलाई निरन्तरता दिने बताउनु भएको हो ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले महिलाहरुले संञ्चालन गरेको साना किसान सहकारी ओदारीले छोटो अवधीमै उल्लेखनिय प्रगति गरेको प्रति शुभकामना व्यक्त गर्नु हुँदै भवन निर्माणका लागि नगरपालिका मार्फत बजेट उपलब्ध गराउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सोमनाथ अर्यालले वडा भित्रको गहनाका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड ओदारी रहेको भन्दै यस्को प्रवद्र्धनमा आवश्यक कदम चाल्नका लागि वडा कार्यालय नचुक्ने बताउनुभयो । 

सहकारीका अध्यक्ष टीका अर्यालको अध्यक्षता, प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु र वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालको विशिष्ट आतिथ्यता, वडा सचिव राम प्रसाद सापकोटा, वडा सदस्यहरु बाजबुल लैन शाहा, जगनारायण थारु, सिद्धार्थ क्याम्पसका उपाध्यक्ष तथा सहकारीका सल्लाहकार रवि बहादुर काफ्ले, स्थानिय समाजसेवि मनोहर योगी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुरका अध्यक्ष भीम प्रसाद सापकोटा, राष्ट्रिय दलिद पत्रकार संघ कपिलवस्तुका अध्यक्ष कृष्ण हरिजन, सल्लाहकारहरु लक्ष्मी भटराई, अम्बिका पौडेल कल्पना शर्मा लगायतको आतिथ्यता सल्लाहकार रवि बहादुर काफ्लेको स्वागत तथा संस्थाका व्यवस्थापक माया भटराईको सञ्चालनमा शिलन्यास कार्यक्रम सम्पन्न भएको सहकारीले जनाएको छ । 

कार्यक्रममा सहायक प्रवन्धक सावित्रा खनालले अतिथी सत्कार गर्नु भएको थियो । वाणगंगा ११ ओदारी हाट बजारको ठिक पछाडी आफ्नै जग्गामा निर्माण सूरु हुन गैरहेको शहकारीको कार्यालय भवन प्रदेश सरकारको १० लाख रुपैयाँ सहयोगबाट निर्माण सुरु गर्न लागिएको बताइएको छ । भवन निर्माणका लागि आवश्यक थप रकमको लागि दातृ निकाय समक्ष पहल गरिने भएको छ ।  सहकारीमा ८ सय ६८ जना सबै महिला शेयर सदस्यहरु रहेका छन् । स्थापनाको छोटो समयमा सहकारीले सम्पूर्ण महिलाहरुको पूँजी संकलन गरि राम्रो आर्थिक उपलब्धी हासिल गरेको बताइएको छ । 

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६