लुम्बिनी

पटौली नाकामा रहेको स्वास्थ्य इकाई बन्द, उपचारका लागि भारत जानुपर्ने बाध्यता



दाङ १३ माघ । दाङको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकामा रहेको सामुदायिक स्वास्थ्य इकाई पुस २७ गतेदेखि बन्द भएपछि नागरिक सेवा पाउनबाट वञ्चित भएका छन्  ।सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीले पुस २७ गतेदेखि स्वास्थ्य चौकी नखोलेपछि आफूहरुले स्वास्थ सेवा लिन नपाएकोे त्यहाँका हेमराज गिरीले गुनासो गर्नुभयो ।स्वास्थ्य इकाई बन्द हुँदा त्यहाँका बासिन्दा सामान्य उपचारका लागि पनि जंगलको बाटो हुँदै भारत जानुपर्ने बाध्यता रहेको छ  ।  राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले स्वास्थ्य इकाई बन्द भएकाबारे कुनै पनि जानकारी नआएको प्रतिक्रिया दिनु भएको छ ।  

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६